साढे २४ हजार भूकम्पपीडितको खातामा ५० हजार अनुदान


२३ असार, काठमाडौं । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । राष्ट्रिय पुर्निनर्माण प्राधिकरण ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् ।
अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको पुर्निनर्माण प्राधिकरणले जनाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाअनुसार २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रूपैयाँ जम्मा भइसकेको छ ।
बैंकिङ प्रणालीमार्फत घरधनीलाई अनुदान रकम उपलब्ध गराउन गत जेठ १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोहीअनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टा-छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।
जिल्लाहरुमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सबै गाविस र नगरपालिका समेटने गरी क्लष्टरिङका साथै कार्य विभाजन गरी केन्द्रमा आएको विवरणलाई सम्बन्धीत बैंकको केन्द्रीय कार्यालय र बैंकका स्थानीय शाखामा सम्बन्धित घरधनीको भौतिक उपस्थित विना नै एकमुष्ट रुपमा खाता खोल्ने व्यवस्था मिलाइएको  प्राधिकरणले जनाएको छ ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...