दमौली/२३, असार । तनहुँ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन स्थित त्रिशुली नदी माथि निर्माणाधीन १ सय ६० मिटर लामो मोटरेवल पुलको निर्माण कार्य तिव्र रुपमा अगाडी वढेका छ । ४० वर्ष अघि निर्माण गरिएको मुग्लिनको पुल जिर्ण र कमजोर भई दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि नयाँ मोटरेवल पुलको निर्माण कार्य अगाडी बढाइएको हो ।
पुल योजना सेक्टर नम्बर २ मध्ये क्षेत्र बानेश्वरका योजना प्रमुख कृष्ण भण्डारीले मुग्लिनको मोटरेवल पुलको निर्माण काम तिव्र भइरहेको जानकारी दिनुभयो । जगको काम सकेर तनहुँ र चितवन खण्डमा पिल्लरको काम अन्तिम चरणमा पुगेको र अब स्ट्रक्चरको काम छिट्टै थालिने आयोजनाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
नेपाल सरकार र विश्व बैंकको आर्थिक सहयोगमा १० करोड रपैयाँको लागतमा निर्माण भइरहेको सो पुल २०७४ को असोज मसान्त सम्ममा निर्माण सम्पन्न गरि सकिने बताइएको छ ।पश्चिमाञ्चलकै एक मात्रै प्रवेशद्वार अन्तर्गत पृथ्वी राजमार्गमा निर्माण हुँदै गरेको सो पुल निर्माण भएपछि सवारी साधन आवाज जावातमा निकै राहत पुग्न आयोजनाले जनाएको छ ।फोटो पनि छ ।

0 comments :
Post a Comment